संग्रहालय परिसरभित्र रहेको भण्डारखाल पोखरी र विस्तारित चित्रकला भवन

Government of Nepal

भण्डारखाल चोक भक्तपुर राजदरबारको प्रख्यात आँगन मध्ये एक हो। यस चोकको बीचमा पोखरी छ। पोखरी स्थानीयमा ‘भण्डपुखू’ नामले प्रसिद्ध छ । प्रचलित लोक कथन अनुसार पोखरी भित्र इनार र पोखरीको तल तहमा गुप्त कोठा रहेको छ ।
भण्डारखाल चोक परिसर चौक्वाथ/चौकोट नामक दरबारको हिस्सा हुन्थ्यो। ने.सं. ७९७ (ई.सं. १६७७) को ऐतिहासिक अभिलेखले राजा जितमित्र मल्लले ई.सं. १६७७ मा यस दरबारमा बसेर भक्तपुरका चाडपर्वहरूको परिकल्पना गरेको र साहित्यिक रचनाहरू लेखेको देखाउँछ। त्यसैगरी ई.सं. १७६९ मा गोर्खालीहरूले भक्तपुरमा आक्रमण गर्दा काठमाडौं उपत्यकाका राजा रणजित मल्ल, जयप्रकाश मल्ल र तेजनरसिंह मल्ल रक्षाका लागि यस दरबारमा आएर बसेका थिए।